कबड्डी हारपछि विवाद: गोदावरीका दुई खेलाडी घाइते, नगर प्रमुख भट्टद्वारा भेटघाट

अत्तरिया- कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०८३ अन्तर्गत गोदावरी नगरपालिकाका ११५ जना खेलाडी सहभागी भएका छन्।

कबड्डी खेलका क्रममा हारपछि आएको आवेगमा घोडाघोडी नगरपालिकाका केही विद्यार्थीबाट भएको हातपातका कारण गोदावरीका दुई खेलाडी घाइते भएका छन्। उनीहरूको उपचार बर्दगोरिया अस्पताल, बौनियामा भइरहेको छ।

Navadurga sun

घटनाप्रति दुःख व्यक्त गर्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट अस्पताल पुगेर घाइते खेलाडीहरूको अवस्था बुझ्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले खेलमा हार–जित स्वाभाविक हुने भएकाले अनुशासन र संयम अनिवार्य रहेको बताएका छन्।

नगर प्रमुख भट्टले खेलाडीहरूको मेहनतको प्रशंसा गर्दै भविष्यमा अझ राम्रो प्रदर्शन गरेर नगरपालिकाको नाम उज्यालो बनाउने विश्वास समेत व्यक्त गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...