धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु, विकास र समृद्धिबारे नीतिगत बहस हुने

धनगढी- धनगढीमा सुदूरपश्चिम कचहरी २०८३ सुरु भएको छ। कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ले गरेका हुन्।

उद्घाटन सत्रमा मुख्यमन्त्री शाहले सुदूरपश्चिममा रहेका अपार सम्भावनाहरूलाई उपयोग गरेर समृद्धिको बाटो खोल्नुपर्ने बताएका थिए। उनले दुई दिने छलफलबाट नीतिगत सुधारका सुझाव आउने र त्यसले प्रदेश तथा संघीय सरकारलाई विकासको दिशा दिन मद्दत गर्ने विश्वास व्यक्त गरे।

Navadurga sun

कार्यक्रममा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल ले सुदूरपश्चिमको विकास र समृद्धिको सम्भावनालाई उजागर गर्ने यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताएका छन्। त्यस्तै, विभिन्न विज्ञ, नीति निर्माता, प्राध्यापक, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी, पूर्वाधार र सुशासनका विषयमा बहस गर्नेछन्।

दुई दिने कार्यक्रममा उठेका निष्कर्ष र सुझावहरू नेपाल सरकारको आगामी नीति तथा बजेट निर्माण प्रक्रियामा समावेश गर्न केन्द्र सरकारसमक्ष पठाइने आयोजकले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...