सेती प्रादेशिक अस्पताल को पार्किङमा स्कारपियोमा आगलागी

धनगढी- सेती प्रादेशिक अस्पताल को पार्किङमा राखिएको स्कारपियो गाडीमा शनिबार साँझ आगलागी भएको छ।

Ganyapdhura gau

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–५ निवासी ४० वर्षीय मुकुन्द जोशीले चलाएर ल्याएको बा.प्र.०१–०२७ च ००७४ नम्बरको स्कारपियो अस्पतालको पार्किङमा राखिएको अवस्थामा साँझ करिब साढे ५ बजे आगलागी भएको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बिरामीका लागि गाडीमा राखिएको अक्सिजन सिलिन्डर पड्किँदा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगलागीबाट स्कारपियो पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

घटनापछि वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डेयको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। धनगढी उपमहानगरपालिका को दमकल तथा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

Couple
Loading...