

अत्तरिया- अत्तरिया चोक मा आधुनिक पैदलयात्री आकाशे पुल निर्माण कार्यको औपचारिक सुरुवात भएको छ । गोदावरी नगरपालिका का नगर प्रमुख बिरेन्द्र भट्ट ले विशेष समारोहबीच शिलान्यास गर्नुभएको हो ।


नगर प्रमुख भट्टका अनुसार अत्तरिया चोक सुदूरपश्चिमकै अत्यन्त व्यस्त व्यापारिक तथा प्रवेशद्वार क्षेत्र भएकाले बढ्दो सवारी चाप र पैदलयात्रीको सुरक्षालाई ध्यानमा राख्दै आकाशे पुल निर्माण योजना अघि बढाइएको हो । उहाँले यो पुलले ट्राफिक व्यवस्थापन सुधार्नुका साथै बालबालिका, ज्येष्ठ नागरिक र सर्वसाधारणलाई सुरक्षित रूपमा सडक पार गर्न सहयोग पुग्ने बताउनुभयो ।



यस पुल निर्माणको कुल लागत VAT र PS सहित रु. १,४२,८५,४९८.१४ रहेको छ । आयोजना क्रीजल–त्रिनेत्र–सिद्धनाथ जेभी ले निर्माण गर्नेछ । नगरपालिकासँग कम्पनीको सम्झौता २०८२ फागुन १० गते भएको थियो ।
सम्झौता अनुसार पुल आगामी २०८३ साल पुस ३० गते (१४ जनवरी २०२७) भित्र निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि खुला गरिने लक्ष्य राखिएको छ ।
स्थानीयवासीले पुल निर्माणपछि अत्तरिया चोकमा हुने सडक दुर्घटना न्यूनीकरण हुनुका साथै सहरी सौन्दर्य र व्यवस्थित यातायातमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छन् ।

