स्थानीय रोजगारी प्रवर्द्धनका लागि गोदावरी नगरपालिकाको अन्तरक्रिया

अत्तरिया- गोदावरी नगरपालिका ले रोजगारदातासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । यस क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने, सीपयुक्त जनशक्ति व्यवस्थापन गर्ने तथा रोजगार प्रवर्द्धनका विषयमा छलफल गर्ने उद्देश्यले नगरपालिकाको रोजगार शाखाले शुक्रबार कार्यक्रम आयोजना गरेको हो ।

Dadeldhura hospital

यस्ता कार्यक्रमले रोजगारदाता र रोजगार खोजिरहेका व्यक्तिबीच समन्वय र सहकार्य बढाउने अपेक्षासहित कार्यक्रम आयोजना गरिएको रोजगार शाखा प्रमुख रोहित जोशी ले बताए ।

Navadurga sun
Godawari sandesh

कार्यक्रममा विभिन्न संघसंस्था, व्यवसायी, उद्योगी लगायत क्षेत्रका रोजगारदाताहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले स्थानीय युवा जनशक्तिलाई रोजगारीसँग जोड्न आवश्यक सीप विकास तालिम सञ्चालन, रोजगारमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए ।

Loading...