एसईई आइडलको फाइनल जेठ ७ गते धनगढीमा हुँदै

धनगढी- प्रभात मिडिया नेटवर्कको आयोजनामा ‘एरिष्टो एसईई आइडल’को पाँचौँ संस्करण जेठ ७ गते धनगढीमा हुँने भएको छ। आयोजकले पत्रकार सम्मेलन गर्दै आज आइडलका ट्रफी अनावरण गरेको हो ।

प्रभात मिडिया नेटवर्कका अध्यक्ष प्रकाश छेडालले डोटी, अछाम, कैलाली, कञ्चनपुर र डडेल्धुराका २० जना विद्यार्थीहरुको फाइनलमा सहभागिता रहेको बताए। कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा यस वर्ष एकल गायन प्रतियोगिता समावेश गरिएको उनले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रतियोगितामा उत्कृष्ट हुने विजेतालाई नगद ७५ हजार रुपैयाँ प्रदान गरिनेछ भने उपविजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै विजेता तथा उत्कृष्ट प्रतिस्पर्धीलाई प्रमाणपत्रका साथै कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्तिको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

अध्यक्ष छेडालका अनुसार विभिन्न चरण पार गरेर छनोट भएका उत्कृष्ट २० जना प्रतिस्पर्धीबीच फाइनल प्रतिस्पर्धा हुन गैरहेको हो ‌। आयोजकले ‘एसईई आइडल’ मार्फत सुदूरपश्चिमका विद्यार्थीभित्र रहेका कला र प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य रहेको जनाएको छ ।

उक्त प्रतियोगितालाई धनगढीमा रहेको एरिष्टो इङ्लिस बोर्डिङ स्कुलले मुख्य प्रायोजक भएर सहयोग गरिरहेको स्कुलका प्लस टु निर्देशक वीरसिंह भण्डारीले जानकारी दिए।

Loading...