अध्ययनबिनै बस्ती हटाउन खोजिएको भन्दै महेन्द्रनगरमा सुकुम्बासीको प्रदर्शन

कञ्चनपुर- सरकारले अध्ययनबिनै सुकुम्बासी बस्ती खाली गराउन खोजेको भन्दै त्रसित बनेका सुकुम्बासीहरूले महेन्द्रनगरमा प्रदर्शन गरेका छन् । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले बस्ती उठीबास गराउने सरकारी निर्णयविरुद्ध बिहीबार महेन्द्रनगर बजार परिक्रमा गर्दै शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।

उनीहरूले “जमिन कसको ? जोत्नेको”, “भूमि समस्या समाधान गर”, “सुकुम्बासीलाई लालपुर्जा दे”, “दमन बन्द गर”, “सुकुम्बासीलाई झुक्याउन पाइँदैन, डोजर हामीलाई चाहिँदैन” लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

भूमिहीन सुकुम्बासी सङ्घका केन्द्रीय सचिव आनन्द धामीले सुकुम्बासी बस्तीमा पुगेर सरकारी प्रतिनिधि तथा प्रहरीले पटक–पटक सोधपुछ गर्दै हैरानी दिने गरेको भन्दै आफूहरू त्रसित बनेको बताए । देशव्यापी कार्यक्रमअन्तर्गत बिहीबार महेन्द्रनगरमा पनि प्रदर्शन गरिएको उनले जानकारी दिए ।

महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा बसोबास गर्दै आएका करिब ६ सय भूमिहीन सुकुम्बासी पछिल्लो समय त्रसित बनेपछि शान्तिपूर्ण आन्दोलनमा उत्रिएको उनको भनाइ छ ।

सरकारले न्यायोचित ढङ्गले छानबिन गरेर उचित विकल्प दिएपछि मात्रै बस्ती खाली गराउनुपर्ने माग सुकुम्बासीहरूको छ । हाल बसोबास गर्दै आएको स्थानमै जमिन उपलब्ध गराउन सकिने भए सोही ठाउँमा व्यवस्था गर्नुपर्ने, अन्यथा विकल्पसहित उचित स्थान उपलब्ध गराउनुपर्ने उनीहरूको भनाइ छ ।

बस्ती खाली गर्न सूचना जारी गरिएपछि आन्दोलनमा उत्रिनुपरेको सालघारीस्थित ग्रिन टोलका उपाध्यक्ष मोतीलाल ओडाउले बताए । उचित व्यवस्थापनबिना उठीबास गराउन खोजिए सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत सुकुम्बासीहरूले दिएका छन् ।

Loading...