सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन प्रक्रिया तीव्र, सिनेट सदस्य मनोनित

अत्तरिया- सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन प्रक्रियालाई तीव्रता दिँदै विश्वविद्यालयका विभिन्न सिनेट सदस्यहरू मनोनित गरिएको छ । माननीय शिक्षा मन्त्री सस्मित पोखरेल, कमल बहादुर शाह, तथा बिरेन्द्र भट्ट लगायतको उपस्थितिमा सम्पन्न उच्चस्तरीय बैठकले विश्वविद्यालयको प्रशासनिक तथा कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

विश्वविद्यालय ऐनअनुसार विभिन्न समिति तथा सिनेट सदस्यहरूको मनोनयन गरिएको जनाइएको छ । नवगठित समितिले आगामी दिनमा उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताइएको छ ।

Navadurga sun

विश्वविद्यालय सञ्चालनसँगै सुदूरपश्चिममा स्वास्थ्य विज्ञान अध्ययन, अनुसन्धान, दक्ष जनशक्ति उत्पादन तथा स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरिएको छ ।

यसैबीच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट ले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना प्रक्रिया सुदूरपश्चिमकै लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् । उच्चस्तरीय बैठकपछि उनले विश्वविद्यालय सञ्चालनका लागि सिनेट सदस्य पुनः नियुक्त गरिएको र यही समितिले आगामी दिनमा उपकुलपति तथा रजिस्ट्रार नियुक्ति प्रक्रिया अघि बढाउने जानकारी दिए । विश्वविद्यालय सञ्चालनसँगै स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरिएको छ ।

सरकारले ल्याएको ‘विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश’मार्फत सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐनमा समेत संशोधन गरिएको छ । ऐनका चार वटा दफा संशोधन गरिएको छ । अध्यादेशअनुसार दफा २३ को उपदफा (२) हटाइएको छ, जसमा उपकुलपतिको पदावधि चार वर्ष हुने र कार्यसम्पादन सन्तोषजनक देखिएमा अर्को एक कार्यकालका लागि पुनः नियुक्त गर्न सकिने व्यवस्था उल्लेख थियो ।

मनोनित सदस्यहरूको विवरण
🏛️ ऐनको दफा ७ को उपदफा २ (ठ) बमोजिमका ६ सदस्य
जयराज अवस्थी
डम्मर पाल
हेमा भट्ट
संगीता राजभण्डारी
लवदेव अवस्थी
धर्मदेव भट्ट
📋 दफा २५ अन्तर्गत सिफारिस समिति
जयराज अवस्थी (सभाबाट मनोनित)
लोचना श्रेष्ठ
दिनेश लम्साल

ADD Khali jpg
ADD Khali jpg
Loading...