चिसापानीमा निर्माणाधीन जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने

धनगढी- आएमई समूह अन्तर्गत निर्माण भइरहेको जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा आउने तयारीमा पुगेको छ । कैलालीको चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म निर्माण भइरहेको ३.१ किलोमिटर लामो केबलकार आयोजनाको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्र प्रसाद ढकाल ले निजी क्षेत्रले सञ्चालन गर्ने परियोजनाहरू समय, लागत र गुणस्तरमा सम्पन्न हुँदै आएको उल्लेख गर्दै यो आयोजना पनि निर्धारित समयमै सञ्चालनमा आउने बताए । उनका अनुसार करिब ११ महिनाअघि सुरु गरिएको परियोजना अहिले तीव्र गतिमा अघि बढिरहेको छ ।

Navadurga sun

करिब पाँच अर्ब रुपैयाँ लगानी रहेको यस परियोजनामा बटम स्टेशनमा होटल, क्यासिनो, ब्यांक्वेट हललगायत संरचना निर्माण गरिनेछ भने टप स्टेशनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वाकिङ ट्रेल, रेष्टुरेन्ट तथा बाल उद्यानजस्ता पर्यटकीय पूर्वाधार विकास गरिनेछ ।

ढकालले पर्यटन पूर्वाधारमा लगानी विस्तार नगरी नेपालले अपेक्षित आर्थिक रूपान्तरण हासिल गर्न नसक्ने बताएका छन् । उनका अनुसार पर्यटन क्षेत्रले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, राजस्व वृद्धि तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा ठूलो योगदान पुर्‍याउन सक्छ ।

कर्णाली चिसापानी पुलनजिकै निर्माण भइरहेको यो परियोजना कर्णाली चिसापनी पुल क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण मानिएको छ । भारतीय सीमाबाट करिब दुई घण्टाको दूरीमा रहेको भएकाले भारतीय पर्यटकका लागि पनि यो नयाँ आकर्षण बन्ने अपेक्षा गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...