सुदूरपश्चिम कचहरी २०८३ जेठ २ र ३ गते धनगढीमा हुने

धनगढी- सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका लागि आगामी जेठ २ र ३ गते धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’ आयोजना हुने भएको छ । ‘समृद्धिका लागि सार्थक संवाद’ भन्ने नारासहित सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग र सुदूरपश्चिम विकास फाउन्डेसन को संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।

Ganyapdhura gau

धनगढीस्थित सौराइ स्क्वायरमा आयोजना हुने कार्यक्रममा सङ्घीय तथा प्रदेश सरकारका प्रतिनिधि, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, निजी क्षेत्र, विकास साझेदार संस्था, विज्ञ, युवा तथा अन्य सरोकारवालाहरूको सहभागिता रहने जनाइएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सुदूरपश्चिम विकास फाउन्डेसनका अध्यक्ष शेरबहादुर शाही ले कचहरीमार्फत प्रदेशको विकासमा देखिएका चुनौती पहिचान गरी समाधानका लागि पहल गरिने बताए । उनका अनुसार कार्यक्रमपछि तयार गरिने प्रतिवेदनमार्फत सुदूरपश्चिम किन विकासमा पछि परेको भन्ने तथ्य केन्द्र सरकारसमक्ष प्रस्तुत गर्दै आवश्यक दबाब सिर्जना गरिनेछ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनार ले कार्यक्रमले प्रदेशको विकासका लागि स्पष्ट मार्गचित्र तयार गर्न तथा प्रभावकारी नीति निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । कार्यक्रमपछि ‘सुदूरपश्चिम घोषणापत्र’ समेत जारी गरिने उनले जानकारी दिए ।

तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा गरिबी दर ३४.१६ प्रतिशत रहेको छ, जुन देशकै सबैभन्दा बढी हो । प्रदेशमा औद्योगिक विकास न्यून हुनु तथा सङ्घीय बजेटको कम हिस्सा विनियोजन हुने अवस्थाले विकाससम्बन्धी गम्भीर बहस आवश्यक रहेको आयोजकको भनाइ छ ।

कार्यक्रममा पहिलो दिन नीति तथा योजना, दोस्रो दिन निजी क्षेत्र, श्रम र रोजगारी तथा तेस्रो दिन प्रदेशको स्वाभिमान र विकासका प्राथमिकतामाथि गहन छलफल गरिने जनाइएको छ ।

Couple
Loading...