हात्तिकाे आक्रमणबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति १० लाख राहत दिइने

कञ्चनपुर, ३ कार्तिक- कञ्चनपुरमा हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १० लाखका दरले राहत दिइने भएको छ। शुक्लाफाँटा नगरपालिका वडा नं. १२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुरालाको बुधबार बिहान मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कानुनी व्यवस्था भएअनुसार हात्तीको आक्रमणबाट ज्यान गुमाएका उनीहरूको परिवारलाई प्रतिव्यक्ति १० लाखका दरले राहत दिइने बताए।

संघीय सरकारको वन मन्त्रालय मार्फत् राहत कोषबाट केही दिनमै राहत दिइने उनले बताए। नजिकैको सामुदायिक वनबाट करिब नौ/दश वटाकाे संख्यामा रहेको जंगली हात्ती गाउँ पसेपछि स्थानीयले हो-हल्ला गरेका थिए। सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...