गोदावरीमा किटजन्य रोग नियन्त्रण सम्बन्धी बहुनिकाय अभिमुखीकरण सम्पन्न

अत्तरिया- गोदावरी नगरपालिका मा औँलो, मलेरिया, डेंगु लगायत किटजन्य रोग नियन्त्रण सम्बन्धी बहुनिकाय अभिमुखीकरण गोष्ठी कार्यक्रम सम्पन्न गरिएको छ ।

Dadeldhura hospital

गोदावरी नगरपालिकाद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विर बहादुर कुँवरले सहजीकरण गरेका थिए । कार्यक्रममा वडा सदस्य तथा भलमन्साको सहभागिता रहेको थियो ।

Navadurga sun
Godawari sandesh

अभिमुखीकरणमा किटजन्य रोगको पहिचान, रोकथाम तथा नियन्त्रणका उपाय, संक्रमित व्यक्तिलाई समयमै उपचारको व्यवस्था, जनचेतना अभिवृद्धि तथा सरोकारवालाको भूमिकाबारे जानकारी गराइएको थियो । साथै समुदायस्तरमा जनचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिइएको थियो ।

यसैबीच, गोदावरी नगरपालिकाले औँलो निवारणका लागि सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमबारे पनि जानकारी दिएको छ । नगरका सबै स्वास्थ्य संस्थामा दैनिक निःशुल्क परीक्षण, निःशुल्क उपचार, उपचारमा आर्थिक सहयोग तथा गर्भवती महिलालाई निःशुल्क झुल वितरणजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ।

Loading...