अत्तरिया खानेपानी संस्थाको निर्वाचनमा राजेन्द्र खड्का अध्यक्षमा विजयी
उपाध्यक्षमा लक्ष्मण बहादुर कठायत, महासचिवमा धर्म सिंह कुँवर, कोषाध्यक्षमा भोज बहादुर साउद र सचिवमा छविन्द्र नाथ योगी विजयी




प्रकाशबहादुर बोहरा/अत्तरिया- अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यसमिति निर्वाचन अन्तर्गत अध्यक्षमा राजेन्द्र बहादुर खड्काले १ हजार १२२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी हर्क बहादुर शाहले ५३१ तथा गणेश शाहले ७४२ मत प्राप्त गरे ।


उपाध्यक्षमा लक्ष्मण बहादुर कठायत ७७५ मतसहित विजयी भए । प्रेम सिंह कडायतले ६४८, चन्द्र सिंह धामीले ३८१ र पुष्पराज चटौतले ४३१ मत पाए ।


महासचिवमा धर्म सिंह कुँवर ८११ मतसहित विजयी बने । धनराज विष्ट जोशीले ४७८, गोरख बहादुर कडायतले ४४९ तथा तिर्थराज ओझाले ५०२ मत प्राप्त गरे ।

कोषाध्यक्ष पदमा भोज बहादुर साउद ९२९ मतसहित विजयी भए । नर बहादुर बलायरले ६२७, सुरेन्द्र बहादुर साउदले ३२२ र बाबुराम वलमपाकीले ३७३ मत पाए ।
सचिव पदमा छविन्द्र नाथ योगी ८८९ मतसहित विजयी भए भने मदन राज शर्मा जोशीले ८४५ र टेक बहादुर मल्लले ४४६ मत प्राप्त गरे ।
सदस्य पदमा रमेश कडायत ८६६ र धर्मराज भट्ट ७३९ मतसहित विजयी बने । अन्य उम्मेदवार मध्ये विर बहादुर विश्वकर्माले ६१८, सुरज जोशीले ४२३, रामदत्त भट्टले ३०१, चक्र बहादुर देउवाले ५३६ तथा तेजराज भट्टले ४९२ मत प्राप्त गरे ।
महिला सदस्य तर्फ जमुना देवी साउद ९३२, चन्द्रा कुमारी कठायत ८६०, खिमादेवी ओझा ८५७ र राधा विष्ट कुँवर ७८१ मतसहित विजयी भएका छन् । अन्य उम्मेदवारमध्ये लक्ष्मी कुमारी बोहराले ७६६, शकुन्तला कुमारी पाण्डेले ६४८, हेमा नौन्यालले ६२२, अमुना देवी चौधरी र हेमा कुमारी चन्दले समान ४९३–४९३ मत प्राप्त गरेका छन् ।
