बुढीतोला पर्यटन महोत्सव सम्पन्न, पर्यटन विकासका लागि १ करोड बजेट घोषणा

अत्तरिया- कैलालीको बुढीतोलामा आयोजित ‘बुढीतोला पर्यटन महोत्सव’ आइतबार भव्य रूपमा सम्पन्न भएको छ। वैशाख १७ गतेदेखि सञ्चालन भएको महोत्सव सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाको प्रमुख आतिथ्यतामा समापन गरिएको हो।

Navadurga sun

समापन समारोहलाई सम्बोधन गर्दै सचिव कोइरालाले बुढीतोला क्षेत्रको पर्यटन तथा पूर्वाधार विकासका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गर्ने घोषणा गरे। उनले स्थानीय पर्यटन प्रवर्द्धनले आर्थिक गतिविधि बढाउनुका साथै क्षेत्रको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी, वडा नम्बर ४ का वडा अध्यक्ष हेमप्रकाश मल्ल, वडा सदस्य शेरबहादुर घर्तीमगर, विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

आयोजक बुढीटोला क्षेत्र पर्यटन प्रवर्द्धन समिति का संयोजक हरिदत्त भट्टराईको सभाध्यक्षतामा सम्पन्न समारोहमा महोत्सव सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान समेत गरिएको थियो। संयोजक भट्टराईले सबै सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा बुढीतोलालाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताए।

५ बुँदे ज्ञापन पत्र यस्तो रहेको छः

ADD Khali jpg
ADD Khali jpg
Loading...