अत्तरिया खानेपानीको निर्वाचन शान्तिपूर्ण सम्पन्न, २७७३ मत खस्यो

मतदान सम्पन्न भएपछि निर्वाचनस्थलमा सरसफाइ

लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सत्रौँ चुनावी साधारणसभा शनिबार भव्य तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

संस्थाको नयाँ नेतृत्व चयनका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो। निर्वाचन स्वच्छ, निष्पक्ष, व्यवस्थित तथा भयरहित वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

Navadurga sun
Godawari sandesh

११ सदस्यीय कार्यसमिति चयनका लागि तीन प्यानलसहित ३८ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए। अध्यक्षमा हर्कबहादुर शाह, राजेन्द्र खड्का र गणेश शाहबीच मुख्य प्रतिस्पर्धा रहेको थियो। उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा चार–चार जनाको उम्मेदवारी परेको थियो भने सचिव पदमा तीन जना प्रतिस्पर्धामा थिए। दुई पुरुष सदस्यका लागि ७ जना तथा चार महिला सदस्यका लागि ११ जनाले उम्मेदवारी दिएका थिए।

हर्कबहादुर शाह प्यानलबाट उपाध्यक्षमा प्रेमसिंह कडायत, महासचिवमा धनराज बिष्ट, कोषाध्यक्षमा नरबहादुर बलायर र सचिवमा मदनराज शर्मा उम्मेदवार रहेका छन्। सदस्यमा धर्मराज भट्ट, लक्ष्मी बोहरा, मनिषा राना, शकुन्तला कुमारी पाण्डे, सुरज जोशी र उर्मिला बोगटी रहेका छन्।

राजेन्द्र खड्का नेतृत्वको प्यानलबाट उपाध्यक्षमा लक्ष्मणबहादुर कठायत, महासचिवमा धर्मसिंह कुँवर, कोषाध्यक्षमा भोजबहादुर साउद र सचिवमा छविन्द्रनाथ योगी उम्मेदवार छन्। सदस्यमा रमेश कडायत, वीरबहादुर विश्वकर्मा, चन्द्राकुमारी कठायत, जमुना देवी साउद, खिमा देवी ओझा र राधा बिष्ट रहेका छन्।

Dadeldhura hospital

गणेश शाह नेतृत्वको प्यानलबाट उपाध्यक्षमा पुष्पराज चटौत, महासचिवमा तीर्थराज ओझा, कोषाध्यक्षमा बाबुराम बलम्पाकी र सचिवमा टेकबहादुर मल्ल उम्मेदवार बनेका छन्। सदस्यमा अमुना देवी चौधरी, हेमा कुमारी चन्द, हेमा नौन्याल, धना खत्री, चक्रबहादुर देउवा र तेजराज भट्ट रहेका छन्।

यस्तै, गोरखबहादुर कडायतले महासचिव र रामदत्त भट्टले सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा चन्द्रसिंह धामी, कोषाध्यक्षमा सुरेन्द्रबहादुर साउद तथा सदस्यमा नन्दादेवी कामीले पनि व्यक्तिगत उम्मेदवारी दिएका छन्।

निर्वाचनमा कुल ५ हजार ७४२ मतदाता रहेकोमा २ हजार ७७३ मत खसेको निर्वाचन समितिले जनाएको छ। बुथ नं. १ मा ६५३, बुथ नं. २ मा ७०६, बुथ नं. ३ मा ६३६ र बुथ नं. ४ मा ७७८ मत खसेको हो।

मतदान प्रक्रियालाई सहज बनाउन मतदाताको नामावली अनुसार बुथ नम्बर तथा क्रमसंख्या व्यवस्थापन गरिएको थियो। निर्वाचनस्थलमा सशस्त्र प्रहरीसहित अन्य सुरक्षा निकाय परिचालन गरिएको थियो।

मतदान सम्पन्न भएपछि निर्वाचनस्थलमा सरसफाइसमेत गरिएको थियो भने केही समयपछि मतगणना सुरु गरिने जनाइएको छ।

Loading...