अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

संस्थाको प्रांगणमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । संस्थाको १७ औँ साधारण सभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भइरहेको छ ।

Navadurga sun
Godawari sandesh

अध्यक्ष पदका लागि हर्क बहादुर शाह, राजेन्द्र खड्का र गणेश शाह प्यानलसहित चुनावी मैदानमा छन् ।

११ सदस्यीय कार्यसमिति चयनका लागि हुने निर्वाचनमा तीन प्यानलसहित ३८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा ४/४ जना तथा सचिव पदमा ३ जनाको उम्मेदवारी परेको छ । यस्तै २ पुरुष सदस्यका लागि ७ जना र ४ महिला सदस्यका लागि १३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

Dadeldhura hospital

हर्क बहादुर शाह नेतृत्वको प्यानलबाट उपाध्यक्षमा प्रेम सिंह कडायत, महासचिवमा धनराज विष्ट जोशी, कोषाध्यक्षमा नर बहादुर बलायर र सचिवमा मदन राज शर्मा (जोशी) उम्मेदवार रहेका छन् । सदस्यमा धर्मराज भट्ट, लक्ष्मी बोहरा, मनीषा राना, शकुन्तला कुमारी पाण्डे, सुरज जोशी र उर्मिला बोगटी रहेका छन् ।

यस्तै राजेन्द्र खड्का नेतृत्वको प्यानलमा उपाध्यक्षमा लक्ष्मण बहादुर कठायत, महासचिवमा धर्म सिंह कुँवर, कोषाध्यक्षमा भोज बहादुर साउँद र सचिवमा छबिन्द्र नाथ योगी उम्मेदवार छन् । सदस्यमा रमेश कडायत, वीर बहादुर विश्वकर्मा, चन्द्रा कुमारी कठायत, जमुना देवी साउँद, खिमा देवी ओझा र राधा विष्ट कुँवर रहेका छन् ।

त्यसैगरी गणेश शाह नेतृत्वको प्यानलमा उपाध्यक्षमा पुष्प राज चटौत, महासचिवमा तीर्थ राज ओझा, कोषाध्यक्षमा बाबु राम बलमपाकी र सचिवमा टेक बहादुर मल्ल उम्मेदवार बनेका छन् । सदस्यमा अमुना देवी चौधरी, हेमा कुमारी चन्द, हेमा नौन्याल, धना खत्री, चक्र बहादुर देउवा र तेज राज भट्ट रहेका छन् ।

यसैबीच गोरख बहादुर कडायतले महासचिव, राम दत्त भट्टले सदस्य पदमा व्यक्तिगत उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा चन्द्र सिंह धामी, कोषाध्यक्षमा सुरेन्द्र बहादुर साउँद तथा सदस्यमा नन्दा देवी कामीले पनि उम्मेदवारी दिएका छन् ।

निर्वाचनमा कुल ५ हजार ७ सय ४२ मतदाता सहभागी हुनेछन् । मतदानको समय बेलुकी ५ बजेसम्म तोकिएको छ ।

Loading...