गोदावरीमा विपद् पूर्वतयारी सम्बन्धी सचेतना तथा अभ्यास कार्यक्रम

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना अन्तर्गत कृत्रिम घटना अभ्यास पूर्वतयारी कार्यशाला सम्पन्न भएको छ । युरोपियन युनियन ह्युम्यानिटेरियन एड, युएनडिपी, युएनआईसीएफ, युइनओमन लगायतका सहयोगी निकायहरूको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

Dadeldhura hospital

कार्यक्रममा विपद् व्यवस्थापनका सातवटा विषयगत क्षेत्रको प्रतिकार्य प्रणाली, समन्वय संयन्त्र र आपतकालीन सेवा प्रवाहबारे अभ्यास गरिएको छ । विशेषगरी सूचना व्यवस्थापन, खोज तथा उद्धार, राहत वितरण, स्वास्थ्य सेवा, यातायात व्यवस्थापन र सुरक्षा संयोजनलाई केन्द्रमा राखेर तयारी गरिएको थियो ।

Navadurga sun
Godawari sandesh

भोली शुक्रबार गोदावरी नगरपालिका क्षेत्र भित्र १ सय ५० बढी विद्यार्थीहरूलाई नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी लगायतको उपस्थितिमा शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी सम्बन्धी जानकारी संगै प्रयोगात्मक अभ्यास देखाउने समेत कार्यशालाले विपद् शाखाले जनाएको छ ।

कार्यशालामा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, विपद् शाखा प्रमुख सुलोचना खड्का, पालिकाका अन्य शाखा प्रमुख तथा प्रतिनिधि, मालाखेती इप्रका प्रमुख रणबहादुर चन्द, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी, नगर प्रहरी, सञ्चार कर्मी तथा विभिन्न सहयोगी संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

Loading...