कैलालीमा औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्काउ अभियान तीव्र

धनगढी- कैलालीमा औलो र कालाजारको जोखिम नियन्त्रण गर्न विषादी छिट्काउने अभियान तीव्र बनाइएको छ। स्वास्थ्य कार्यालय कैलालीले स्थानीय तहहरूसँग सहकार्य गर्दै जिल्लाभर लक्षित रूपमा अभियान सञ्चालन गरिरहेको छ।

हालसम्म ४ हजार ६ सय ९० घरमा विषादी छिट्काइएको छ भने ९ हजार १ सय ६ जना स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन्। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १३३ जनामा औलो पुष्टि भएको छ, जसले जिल्लामा जोखिम अझै कायम रहेको देखाउँछ।

Navadurga sun

कालाजारका बिरामी संख्या भने घट्दो क्रममा देखिए पनि पूर्ण नियन्त्रणमा आइसकेको छैन। प्रभावित बस्तीहरूमा विशेष प्राथमिकताका साथ विषादी छिट्काउने कार्य भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

लामखुट्टे र बालुवे किराको सक्रियता बढ्ने साउन, भदौ, चैत, बैसाख र जेठ महिनामा अभियान अझ तीव्र बनाइन्छ। साथै सरसफाइ, पानी जम्न नदिने, झ्याल–ढोकामा जाली प्रयोग गर्ने लगायतका जनचेतनामूलक कार्यक्रम पनि सँगसँगै सञ्चालन भइरहेका छन्।

सरकारले २०२८ सम्म कालाजार र २०३० सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ। सो लक्ष्य पूरा गर्न कैलालीमा भइरहेको अभियानलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...