घोडाघोडीमा तीनदिने विशेष आध्यात्मिक कार्यक्रम आयोजना हुने

कैलाली- घोडाघोडी नगरपालिका–सुखडमा विशेष आध्यात्मिक कार्यक्रम आयोजना हुने भएको छ। सुप्रसिद्ध शिवशक्ति बाबाको दिव्य उपस्थितिमा सञ्चालन हुने उक्त कार्यक्रम जेठ ३, ४ र ५ गतेसम्म चल्नेछ।

आयोजकका अनुसार हरेक दिन बिहानैदेखि सुरु हुने कार्यक्रममा देशका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागीहरूलाई आध्यात्मिक साधना, आशीर्वाद तथा जीवनलाई सकारात्मक दिशातर्फ डोर्याउने प्रेरणा प्रदान गरिनेछ।

Navadurga sun

मानिसहरूमा बढ्दो मानसिक तनाव, रोगव्याधि तथा जीवनप्रतिको निराशालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो। विशेषगरी दुःखी, गरिब तथा विभिन्न रोगबाट पीडित व्यक्तिहरूलाई लक्षित गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम अवधिभर स्वास्थ्य, शान्ति, समृद्धि तथा कल्याणको आशीर्वाद प्रदान गरिने विश्वास गरिएको छ। साथै, यस्ता कार्यक्रमले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा आपसी एकता प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

थप जानकारीका लागि ९८२४९५१२५२ मा सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...