धनगढीमा खैरो हेरोइनसहित ३ युवक पक्राउ

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार दिउँसो पक्राउ पर्नेहरूमा सोही स्थानका २८ वर्षीय नरेश चौधरी, २२ वर्षीय सुरेश चौधरी र धनगढी उपमहानगरपालिका–११ का २६ वर्षीय भक्तराज राना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा उनीहरूलाई जाँच गर्दा खैरो हेरोइनजस्तो देखिने ६०० मिलिग्राम धुलो पदार्थ फेला पारेको थियो। उक्त पदार्थसहित तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Navadurga sun

कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा जारी पर्यटन महोत्सवमा आज कमल बिसी (माल्दाई), शेर विष्ट र प्रेम पौडेल लगायतका कलाकारको प्रस्तुति रहनेछ। वैशाख १७ देखि सुरु महोत्सवमा स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...