शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मन्त्री चौधरीद्वारा अनुगमन

धनगढी- कृषि तथा पशुपक्षी विकास एवं वन तथा वातावरणमन्त्री गीता चौधरीले सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अनुगमन गरेकी छन ।निकुञ्जको वर्तमान अवस्थामा भइरहेको संरक्षण सम्बन्धी गतिविधिको बारेमा जानकारी लिनका लागि उनले अनुगमन गरेकी हुन ।

त्यस क्रममा मन्त्री चौधरीले मानव–वन्यजन्तुबिचको द्वन्द्व न्युनीकरणमा थप ध्यान दिन निकुञ्ज कर्मचारीलाई निर्देशन दिइन । यसैगरी पर्यापर्यटनमार्फत जनताको आयआर्जनमा वृद्धि गर्नतर्फ पनि निकुञ्जले विशेष जोड दिन आवश्यक रहेको उनले औंल्याइन

Navadurga sun

निकुञ्ज कार्यालय प्रमुख चन्द्रशेखर चौधरीले निकुञ्ज प्रशासनले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको बासस्थान व्यवस्थापन, चोरी सिकार नियन्त्रण, समस्याग्रस्त वन्यजन्तुको उद्धार लगायतका कार्यहरू प्रभावकारी ढङ्गले गरिरहेको जानकारी गराएका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...