कैलालीका विभिन्न स्थानबाट भन्सार छलिका मल तथा विषादीजन्य सामग्री बरामद

कैलाली- कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलि गरी भारतबाट अवैध रूपमा ल्याइएका मल तथा विषादीजन्य सामग्री बरामद गरेको छ।

भजनी नगरपालिका–३ थेकिपुरटिकापुर नगरपालिका–६ भर्तापुर क्षेत्रमा करिब ३७ हजार ५०० रुपैयाँ बराबरका युरिया मल तथा तरकारीमा प्रयोग हुने विषादी बेवारिसे अवस्थामा फेला परेको हो।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका विभिन्न इकाइबाट खटिएको प्रहरी गस्ती टोलीले शनिबार ती सामग्री फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले उक्त सामान कसले ल्याएको भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...