कैलाली–४ का सांसद कोइराला र गोदावरी नगर प्रमुख भट्ट बीच विकास र जनसमस्यामा गहन छलफल

अत्तरिया- कैलाली क्षेत्र नम्बर–४ का संघीय सांसद खेमराज कोइराला र गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट बीच स्थानीय विकास तथा जनसरोकारका विषयमा विस्तृत छलफल भएको छ।

Ganyapdhura gau

शनिबार गोदावरी नगरपालिका कार्यालयमा सम्पन्न उक्त भेटमा अत्तरिया बसपार्कको व्यवस्थापन, चौकिडाँडा–फल्टुडे सडक निर्माण तथा विस्तार, र नेपाली सेनाको स्वामित्वमा रहेको जमिनमा बसोबास गर्दै आएका ६१ घरधुरीको समस्या समाधानका विषयमा विशेष ध्यान दिइएको थियो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

छलफलका क्रममा सांसद कोइरालाले स्थानीय तहका समस्याहरू समाधान गर्न संघीय सरकार स्तरबाट आवश्यक सहजीकरण गर्न आफू प्रतिबद्ध रहेको बताए। उनले जनताको समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिए।

यस्तै, चौकिडाँडा–फल्टुडे सडकको स्तरोन्नति तथा व्यवस्थापनका विषयमा वडा नम्बर १०, ११ र १२ का वडा अध्यक्षहरूसँग पनि छलफल गरिएको जानकारी दिइएको छ। सो सडकलाई दीर्घकालीन योजनाअनुसार विकास गर्ने विषयमा प्रारम्भिक समझदारी बनेको जनाइएको छ।

नगर प्रमुख भट्टले नगरभित्र सञ्चालनमा रहेका विकास आयोजनाहरूलाई प्रभावकारी बनाउन संघीय र स्थानीय तहबीचको सहकार्यलाई थप सुदृढ बनाइने बताए। उनले यस प्रकारका छलफलले स्थानीयवासीका दीर्घकालीन समस्या समाधानतर्फ सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

Couple
Loading...