अत्तरियामा खेलमैदान र खुला मञ्च निर्माणको माग

अत्तरिया- अत्तरियास्थित सक्रिय सृजनशील युवा क्लबले क्षेत्रीय विकाससँग सम्बन्धित विभिन्न माग अघि सार्दै प्रतिनिधिसभा सदस्य खेमराज कोइरालालाई ज्ञापनपत्र बुझाएको छ।

क्लबले व्यवस्थित खुला मञ्च र खेलमैदानको अभावलाई स्थानीय स्तरको प्रमुख समस्याका रूपमा औंल्याउँदै यसको निर्माणका लागि तत्काल पहल गर्न आग्रह गरेको छ। क्लबका अध्यक्ष नरबहादुर राईका अनुसार क्लबले स्थापना कालदेखि नै युवामुखी तथा सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको भए पनि खेलमैदानको अभावले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न कठिनाइ भइरहेको छ।

Navadurga sun

उनले खुला मञ्चसहितको खेलमैदान निर्माणका लागि उपयुक्त स्थानसमेत पहिचान गरिसकेको जानकारी दिँदै कार्यान्वयनका लागि सम्बन्धित निकायको सक्रियता आवश्यक रहेको बताए।

सीमावर्ती क्षेत्र भएकाले यहाँका युवाहरू लागूऔषध दुर्व्यसनतर्फ आकर्षित हुने जोखिम उच्च रहेको उल्लेख गर्दै उनले यसको नियन्त्रण र न्यूनीकरणका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।

क्लबले समग्र क्षेत्रको दिगो विकासका लागि सकारात्मक पहल हुने अपेक्षा व्यक्त गर्दै ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...