उद्योग निजीकरणपछि अत्तरियामा बढ्दो बेरोजगारी, पुनः सरकारी सञ्चालनको माग

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–अत्तरिया स्थित पृथ्वीनगर टोलका स्थानीय बाबुराम बालम्पाकीले सरकारी स्वामित्वमा रहेको उद्योग निजीकरणपछि स्थानीयहरू बेरोजगार हुनुपरेको गुनासो गरेका छन्।

अत्तरियामा सृजनशील युवा क्लबद्वारा आयोजित एक कार्यक्रममा सांसद खेमराज कोइरालालाई स्वागत गर्दै बोल्ने क्रममा बालम्पाकीले अत्तरियामा रहेको दिव्यारोजिन टर्पेन्टाइन उद्योग पहिले सरकारद्वारा सञ्चालन हुँदा आफूले करिब १० वर्षसम्म रोजगारी पाएको बताए। तर उद्योग निजी क्षेत्रलाई लिजमा दिएपछि आफू सहित धेरै कर्मचारीहरू रोजगारीबाट वञ्चित हुनुपरेको उनले उल्लेख गरे।

Navadurga sun

२०६० सालदेखि निजी क्षेत्रमार्फत सञ्चालन हुँदै आएको उक्त उद्योगलाई पुनः नेपाल सरकारले आफ्नो नियन्त्रणमा लिएर सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। यसो गर्न सकेमा तराईदेखि पहाडसम्मका करिब एक हजारभन्दा बढी व्यक्तिहरूलाई रोजगारीको अवसर सिर्जना हुने विश्वास उनले व्यक्त गरे।

साथै, विदेशमा रहेका नेपाली नागरिकहरूलाई आफ्नै गाउँठाउँमा फर्किएर परिवारसँगै बसेर काम गर्ने वातावरण बनाउन सरकारसँग पहल गर्न उनले आग्रह गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...