कञ्चनपुरमा बालकमाथि कुटपिट: आरोपी पक्राउ, ज्यान मार्ने उद्योगमा मुद्दा

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिका–५ मा ११ वर्षीय बालकमाथि हातखुट्टा बाँधेर कुटपिट गरेको आरोपमा ३७ वर्षीय भोज नाथलाई प्रहरीले पक्राउ गरेको छ।

बालकमाथि गरिएको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Navadurga sun

प्रहरीका अनुसार क्रिकेट बल खोज्दै तरकारी बारीमा पुगेका बालकमाथि खरभुजा चोरीको आरोप लगाउँदै नाथले कुटपिट गरेका थिए। घटनामा घाइते बालकको टाउकोमा तीन वटा टाका लगाइएको छ।

आरोपीविरुद्ध “ज्यान मार्ने उद्योग” सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। बालकका आमाबुवा भारतमा मजदुरीका लागि रहेका र उनी हाल बज्यैसँग बस्दै आएको खुलाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...