होटल सञ्चालक सहित १० जना जुवाडे पक्राउ

धनगढी- धनगढीबाट होटल सञ्चालकसहित १० जना जुवाडे पक्राउ परेका छन्।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका–५ हसनपुरमा सोही ठाउँ बस्ने ४२ वर्षीय कालुराम चौधरीले सञ्चालन गरेको रोहित होटलको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा सञ्चालक कालुराम चौधरीसहित १० जनालाई विहीवार साँझ प्रहरीले पक्राउ गरेको हो। 

Navadurga sun
Godawari sandesh

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार २९० र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Loading...