राप्ती नदीमा फसेका चार जनाको सकुशल उद्धार

नेपालगञ्ज, २ कार्तिक- दुई दिनदेखि लगातार परेको वर्षाका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चारजनाको सकुशल उद्धार गरिएको छ। बाँकेको डुडुवा गाउँपालिका ४ का चारजना स्थानीय सोमबार बेलुका राप्ती नदीको बीच भागमा वनकरेली टिप्न गएका बेला पानीको सतह बढेपछि रातभर जंगलमै बस्नु परेको थियो।

स्थानीय बासिन्दा नदीमा फसेको जानकारी पाएपछि पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मंगलबार सकुशल उद्धार गरेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना ब्यवस्थापन अधिकृत रूपन ज्ञवालीले जानकारी दिए।

Navadurga sun

‘उनीहरू बाढीमा फसेको हिजो नै जानकारी पाए पनि अँध्यारोका कारण उद्धार गर्न नसिकएकाले बिहानै उद्धार गरिएको हो,’ बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले भने।राप्ती नदीमा फसेकामा डुडुवा गाउँपालिका ४ निवासी सोखत नाउ, सब्बिर खाँ, प्रमोद लोनिया र नाजिर खाँ हुन्।

राप्तीको बाढीमा फसेका अन्य तीनजना भने सोमबार राति नै पौडी खेलेर नदी तर्न सफल भएको केन्द्रले जनाएको छ। बाढीमा फसेका चारैजनाले रूखमा चढेर रात बिताएका थिए। अविरल वर्षातका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...