कैलालीमा गहुँ खरिद सुरु, किसानलाई समर्थन मूल्यभन्दा बढी मूल्य

अत्तरिया- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा गहुँ खरिद सुरु गरेको छ। कम्पनीले मंगलबारदेखि जिल्लाका मोहनपुर र टीकापुरस्थित गोदाममार्फत किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद गर्न थालेको हो।

Ganyapdhura gau

कार्यालय प्रमुख दीपक थापाका अनुसार सरकारले निर्धारण गरेको गहुँको न्यूनतम समर्थन मूल्य ३,९४५ रुपैयाँ प्रतिक्विन्टल भए पनि कम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले ४,२५० रुपैयाँ प्रतिक्विन्टलका दरले गहुँ खरिद गरिरहेको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जिल्लामा यस वर्ष गहुँ खरिदका लागि १० हजार क्विन्टलको कोटा निर्धारण गरिएको छ। कम्पनीले प्रतिकिसानबाट अधिकतम ७० क्विन्टल र सहकारी संस्थाबाट अधिकतम ५०० क्विन्टलसम्म गहुँ खरिद गर्ने योजना बनाएको छ। साथै, स्थानीय तहहरूले गोदाम उपलब्ध गराए अन्य स्थानबाट पनि खरिद विस्तार गरिने जनाएको छ।

गहुँ बिक्री गर्न आउने किसानले परिचय खुल्ने कागजात, वडाबाट प्रमाणित किसान सिफारिस वा प्रमाणित प्रति तथा स्वघोषणापत्र अनिवार्य रूपमा ल्याउनुपर्नेछ। खरिद गरिएको गहुँको भुक्तानी बैंक खातामार्फत अनलाइन प्रणालीबाट गरिने व्यवस्था गरिएको छ।

गत वर्ष जिल्लामा ५ हजार क्विन्टल खरिदको लक्ष्य राखिए पनि ५२.५ क्विन्टल मात्रै गहुँ खरिद भएको कार्यालयले जनाएको छ।

Couple
Loading...