गोदावरी सामुदायिक वनमा अतिक्रमण हटाउन अभियान सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका भित्र पर्ने गोदावरी सामुदायिक वन क्षेत्रमा अतिक्रमण हटाउने काम औपचारिक रूपमा सुरु गरिएको छ।

Dadeldhura hospital

डिभिजन वन कार्यालय धनगढी र सामुदायिक वन उपभोक्ता समूहबीचको सहकार्यमा यो अभियान अघि बढाइएको हो। वनका अध्यक्ष निर्मल कुमार मगरका अनुसार, विशेषगरी “भ्यागुते पानी” क्षेत्रमा पछिल्लो समय अतिक्रमण बढ्दै गएपछि कडा कदम चालिएको हो।

Navadurga sun
Godawari sandesh

यस अन्तर्गत अवैध रूपमा बनाइएका घर–टहरा भत्काउने कार्य सुरु गरिएको छ। वन क्षेत्र जोगाउने, जैविक विविधता संरक्षण गर्ने र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको जनाइएको छ।

Loading...