बझाङ र बैतडीमा आगलागी, पशुचौपायामा क्षति

 सुदूरपश्चिमका बझाङबैतडी जिल्लामा भएको आगलागीका घटनामा पशुचौपायामा क्षति पुगेको छ।

बझाङको मष्टा गाउँपालिका–५ द्धारीका राजेन्द्र कठायतको घरमा गएराति आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीका कारण गोठमा बाँधिएका दुई वटा गोरु जलेर मरेका छन्। मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

Navadurga sun

यसैगरी, बैतडीको सिगास गाउँपालिका–५ ठुलाखोला क्षेत्रमा जगनाथ धामीको गोठमा मंगलबार दिउँसो आगलागी भएको छ। आगलागीबाट दुई वटा भैँसी जलेर मरेका छन् भने अन्य दुई वटा भैँसी घाइते भएका छन्। गोठ पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...