धनगढी हाफ म्याराथन बैशाख १८ गते, आकर्षक पुरस्कारसहित आयोजना हुने

धनगढी- बुद्ध जयन्तीको अवसर पारेर यही बैशाख १८ गते धनगढीमा हाफ म्याराथन आयोजना हुने भएको छ। यस वर्षको प्रतियोगिता विगतका संस्करणभन्दा फरक र थप आकर्षक ढंगले सम्पन्न गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगितामा हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि राखिएको छ। प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र रोचक बनाउन विशेष पुरस्कारस्वरूप ४२ इन्चको एलइडी टिभीसमेत राखिएको छ, जुन “लक्की ड्र” मार्फत् एक जना भाग्यशाली सहभागीले प्राप्त गर्नेछन्।

Navadurga sun

कार्यक्रमका मूल संयोजक दिपेश बोहराले ठूलो धनराशिको पुरस्कार व्यवस्थाले प्रतियोगितामा सहभागीहरूको उत्साह बढ्ने विश्वास व्यक्त गरे। उनका अनुसार यसले धावकहरूबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

स्वास्थ्य, खेलकुद तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यसहित आयोजना गरिँदै आएको उक्त म्याराथनमा देशभरका धावकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। युवाहरूमा सकारात्मक प्रेरणा दिने लक्ष्यसहित आयोजना हुन लागेको प्रतियोगिता यसपटक अझ रोमाञ्चक हुने देखिएको छ।

लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको धनगढी हाफ म्याराथनले खेलकुदसँगै सामाजिक उत्तरदायित्व र सचेतनाको सन्देश व्यापक रूपमा फैलाउँदै आएको छ। हरेक नयाँ वर्षमा आयोजना हुने यस म्याराथनले उत्सवकै रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...