प्रदेश प्रमुख मियाँद्वारा सुदूरपश्चिममा बजेट अधिवेशन आह्वान

धनगढी- सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशन सुरु हुने भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आगामी बिहीबारबाट अधिवेशन आह्वान गरेका हुन् ।

Dadeldhura hospital

शनिवार मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुख मियाँ सँग शिष्टाचार भेट गर्दै अधिवेशन आह्वानको सिफारिस पत्र हस्तान्तरण गरेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh

उक्त सिफारिसको आधारमा आगामी १७ गते बिहीबार अपराह्न ४ बजे बैठक बस्नेगरि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए ।

संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख मियाँले सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन् । गत चैत्र २९ गते राती १२ बजेदेखि लागु हुनेगरि प्रदेश प्रमुख मियाँले विधेयक अधिवेशन अन्त्य गरेका थिए ।

Loading...