धनगढीबाट अपि बेस क्याम्पतर्फ ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु

धनगढी- सुदूरपश्चिम प्रदेशका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित धनगढी उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु गरेको छ।

Ganyapdhura gau

अभियानअन्तर्गत मेयर गोपाल हमालको नेतृत्वमा ३० सदस्यीय टोली सोमबार बिहान धनगढीबाट अपि हिमाल बेस क्याम्प तर्फ प्रस्थान गरेको हो। टोलीलाई स्थानीय बासिन्दा, शुभेच्छुक तथा सरोकारवालाहरूले बाजागाजा, फूलमाला र शुभकामनासहित भव्य बिदाइ गरेका थिए।

Navadurga sun
Godawari sandesh

करिब १० दिनसम्म चल्ने यस यात्रामा सहभागीहरूले सुदूरपश्चिमकै अग्ला हिमशिखरमध्ये एक अपि हिमाल को बेस क्याम्पसम्म पुग्ने लक्ष्य लिएका छन्।

Dadeldhura hospital

मेयर हमालले सुदूरपश्चिममा पर्याप्त पर्यटन सम्भावना हुँदाहुँदै पनि अपेक्षित प्रचारप्रसार हुन नसकेको बताउँदै स्थानीय सरकारकै पहलमा अभियान सुरु गरिएको जानकारी दिए। “हाम्रो भूगोल, पहिचान र सम्पदालाई हामी आफैंले चिनाउनुपर्छ भन्ने उद्देश्यले अभियान अघि बढाइएको हो,” उनले भने।

उनका अनुसार यात्रामार्फत हिमाली क्षेत्रको सौन्दर्य, स्थानीय संस्कृति र जीवनशैलीलाई उजागर गर्नुका साथै पर्यटन पूर्वाधार विकास, पदमार्ग व्यवस्थापन र रोजगारी सिर्जनासम्बन्धी सन्देश प्रवाह गरिनेछ।

यात्रामा जनप्रतिनिधि, कर्मचारी, व्यवसायी तथा सर्वसाधारणको सहभागिता रहेको छ। टोलीले विभिन्न स्थानमा स्थानीय समुदायसँग अन्तरक्रिया गर्ने, सम्भावित पर्यटकीय गन्तव्यहरूको अवलोकन गर्ने तथा प्रचार सामग्री उत्पादन गर्ने योजना बनाएको छ।

सुदूरपश्चिम प्रदेश प्राकृतिक सुन्दरताले समृद्ध भए पनि पर्यटन प्रवर्द्धनका दृष्टिले अझै ओझेलमा परेको मानिन्छ। यस्ता अभियानहरूले प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Couple
Loading...