बुढीतोला पर्यटन महोत्सवलाई अन्तर्राष्ट्रिय बनाउन भारतमा प्रचार अभियान, भारतीय पर्यटकलाई विशेष निम्तो

अत्तरिया- सुदूरपश्चिमको रमणीय पर्यटकीय क्षेत्र बुढीतोलामा आगामी वैशाख १७ देखि २३ गतेसम्म सञ्चालन हुने “बुढीतोला पर्यटन महोत्सव” लाई अन्तर्राष्ट्रिय स्वरूप दिने उद्देश्यले आयोजक टोलीले भारतको पलिया क्षेत्रमा पुगेर विशेष निम्तो अभियान सञ्चालन गरेको छ।

बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिले पलियामा पत्रकार सम्मेलन गर्दै भारतीय पर्यटकलाई लक्षित गर्दै महोत्सवमा सहभागी हुन आह्वान गरेको हो। समितिका संयोजक हरिदत्त भट्टराईका अनुसार पलिया, लखनउ, लखिमपुर लगायत नजिकका भारतीय सहरका पर्यटकलाई आकर्षित गर्न आवाससहितका विशेष पर्यटन प्याकेज तयार गरिएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पर्यटन व्यवसायी अशोक मल्लले “गर्मीसे बेहाल, चलो बुढीतोला नेपाल” भन्ने सन्देशमार्फत गर्मीयाममा तराईको अत्यधिक गर्मीबाट राहत खोज्ने पर्यटकलाई शीतल वातावरणमा आमन्त्रण गरिएको बताए।

त्यस्तै पर्यटन अभियन्ता भरतविक्रम शाहले त्रिनगर भन्सारबाट करिब ३८ किलोमिटर टाढा रहेको बुढीतोला प्राकृतिक सौन्दर्य, हरियाली र शान्त वातावरणका कारण अध्ययन, लेखन तथा अवलोकनका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गरे।

महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम, स्थानीय खानपान, कला, भाषा र संगीत प्रस्तुत गरिने आयोजकले जनाएको छ। यस पहलले नेपाल–भारतबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्ध अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

Loading...