कैलालीमा आगलागी, गोठ जलेर नष्ट

कैलाली- कैलाली जिल्लाको कैलारी गाउँपालिका–८, पुर्व टेडीमा गएराति आगलागी हुँदा एक गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय सर्वण चौधरीको काठले बनेको दुई तले, दुई कोठे कच्ची गोठमा आगलागी भएको हो।

आगलागीका कारण गोठमा रहेको एक राँगाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। साथै, आगलागीबाट करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ।

Navadurga sun

स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...