गोदावरीमा आधुनिक आर्यघाट सञ्चालनमा, वर्षभरि दाहसंस्कार सहज हुने

नगर प्रमुख भट्टले रिबन काटेर गरे उद्घाटन

अत्तरिया- गोदावरी नगरपालिकामा निर्माण सम्पन्न आधुनिक आर्यघाट आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। बिरेन्द्र भट्टले रिबन काटेर उद्घाटन गरेका उक्त आर्यघाटले गोदावरी नदीमा पानी अभावका कारण वर्षौंदेखि देखिएको दाहसंस्कार समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।

Ganyapdhura gau

नयाँ आर्यघाटमा अत्याधुनिक अटोमेटिक फ्लसिङ प्रणाली जडान गरिएको छ, जसले दाहसंस्कार प्रक्रिया थप व्यवस्थित र स्वच्छ बनाउनेछ। यहाँ एकैपटक ७ वटा शव दाहसंस्कार गर्न सकिने व्यवस्था छ भने ३ लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिएको छ, जसले सुख्खा मौसममा समेत पानी आपूर्ति सुनिश्चित गर्नेछ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यो परियोजना नेपाल सरकारको पर्यटन मन्त्रालयमार्फत २ करोड १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो भने प्रदेश सरकारबाट थप १ करोड रुपैयाँ विनियोजन गरिएको थियो। निर्माण कार्य जगदम्बा भवानी जेभीसँगको ठेक्का सम्झौतामार्फत सम्पन्न गरिएको हो।

आर्यघाटको अटोमेटिक फ्लसिङ प्रणालीमार्फत ट्याङ्कीमा सङ्कलित पानी पाइपबाट सिधै दाहसंस्कार स्थलमा पुर्‍याइनेछ र दाहसंस्कारपछि निस्किने फोहोरसमेत सफा गरी नजिकैको खोलामा व्यवस्थापन गरिने व्यवस्था मिलाइएको छ। यसले वातावरणीय सरसफाइमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

हाल यस आर्यघाटमा गोदावरी नगरपालिका सहित आसपासका ६ स्थानीय तहबाट शव दाहसंस्कारका लागि ल्याइन्छ। अब आधुनिक संरचनासँगै वर्षभरि सहज, व्यवस्थित र वातावरणमैत्री सेवा उपलब्ध हुने विश्वास गरिएको छ।

Loading...