कैलालीमा भन्सार छलीका सामानसहित दुई भारतीय नागरिक पक्राउ

धनगढी- कैलालीको कैलारी गाउँपालिका–१ बिसनपुरबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरेर ल्याइएका सामानसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

Dadeldhura hospital

इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले शुक्रबार अन्दाजी मूल्य रु. २ लाख ८० हजार बराबरका डोरीले बुनेका फलामका खाटिया र भारतीय नम्बर प्लेटका दुई वटा मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

Navadurga sun
Godawari sandesh

पक्राउ पर्नेमा भारत, पिलिभित जिल्ला ग्राम उदयपुर फुल्ड पञ्चालय बस्ने २८ वर्षीय शाहदिन शाह र सोही जिल्लाको मधु टाढा बस्ने ३२ वर्षीय राशिद शाह रहेका छन्।

प्रहरीले बरामद सामान र दुवै जनालाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको जनाएको छ।

Loading...