कैलालीमा प्रहरीले व्यापक स्वीप अपरेसन सञ्चालन, ३ दिनमा १६९ जना नियन्त्रणमा

धनगढी- कैलालीमा प्रहरीले व्यापक स्वीप अपरेसन सञ्चालन गरेको छ। वैशाख ९ गतेदेखि सुरु गरिएको उक्त अपरेसनअन्तर्गत तीन दिनको अवधिमा १६९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ परेकामध्ये ९३ जनालाई सोधपुछपछि छोडिएको छ भने बाँकी विभिन्न आरोपमा अनुसन्धानका लागि राखिएको छ। अपरेसनका क्रममा ३९ जना लागुऔषध सेवनकर्ता र २३ जना लागुऔषधसहित पक्राउ परेका छन्।

Navadurga sun
Godawari sandesh

प्रहरीले ती २३ जनाबाट १७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर, १ ग्राम ३०० मिलिग्राम चरेश, १७७ ट्याब्लेट नाइट्रोजेपाम, २०० पिस ट्रामाडोल र १७ ग्राम गाँजा बरामद गरेको जनाएको छ।

यसैगरी, अदालतबाट सजाय पाएर फरार रहेका १० जना प्रतिवादीलाई पनि पक्राउ गरिएको छ भने चार जना चोरी घटनामा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।

Loading...