कैलालीमा भूमिगत पानी सुक्दै, खानेपानी संकट बढ्दो

अत्तरिया- कैलाली जिल्ला मा पछिल्लो समय भूमिगत पानीको स्रोत सुक्न थालेपछि खानेपानीको अभाव बढ्न थालेको छ। विशेषगरी गौरीगङ्गा नगरपालिका का विभिन्न गाउँहरूमा अटिजन बोरिङ र धारा सुक्दै जाँदा स्थानीयवासी समस्यामा परेका छन्।

गौरीगङ्गा–झन्झटपुरकी स्थानीय जमुना चौधरीका अनुसार, अझै कडा गर्मी सुरु नहुँदै धेरै स्थानमा पानीको मात्रा घट्न थालेको छ। झन्झटपुर, चमरैया लगायतका क्षेत्रमा पानीको समस्या बढ्दै गएको उनले बताइन्।

Navadurga sun

सामान्यतया जेठ–असार महिनामा खेतीपातीका लागि बोरिङबाट अत्यधिक पानी तानिँदा यस्तो समस्या देखिने भए पनि यस वर्ष भने खेती सुरु नहुँदै नै पानीको सतह घट्न थालेको छ।

विज्ञहरूले यसको मुख्य कारण चुरे क्षेत्र मा भइरहेको अत्यधिक दोहनलाई मानेका छन्। जथाभावी सडक निर्माण, ढुङ्गा–गिट्टी–बालुवा उत्खनन र वन विनाशका कारण चुरेको प्राकृतिक संरचना कमजोर बन्दै गएको छ, जसले भूमिगत पानीको पुनःभरण प्रक्रिया प्रभावित बनाएको छ।

विज्ञ डा. लोकबहादुर विष्ट का अनुसार, चुरे क्षेत्रको विनाशले जलस्तर निरन्तर घटाउँदै लगेको छ र यसले समग्र पारिस्थितिक प्रणालीमा नकारात्मक असर पारिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...