कैलालीको लम्कीमा खुल्यो यातायात व्यवस्था सेवा कार्यालय

धनगढी- कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरिएको छ । जिल्लाको पूर्ववर्ती क्षेत्रका नागरिकलाई लक्षित गर्दै बलियामा सेवा कार्यालय स्थापना गरेको हो ।

Dadeldhura hospital

सेवा कार्यालयको आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन । पूर्ववर्ती क्षेत्रका जनतालाई सहज सेवा उपलब्ध गराउने उदेश्यले बलियामा सेवा कार्यालय स्थापना गरिएको जनाइएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

सेवा कार्यालय स्थापनासँगै लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिका,जोशीपुर गाउँपालिका तथा बर्दगोरिया गाउँपालिका लगायत क्षेत्रका जनतालाई सहजता हुने अपेक्षा गरिएको छ ।

Loading...