धनगढीदेखि जनकपुरसम्म ‘राज सिंहासन एक्सप्रेस’ सेवा सुरु

लक्ष्मी भट्ट/अत्तरिया- सुदूरपश्चिम प्रदेशको धनगढीमा सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि.को आयोजनामा धनगढीदेखि धार्मिक स्थल जनकपुरसम्म सञ्चालन हुने स्तरीय ‘राज सिंहासन एक्सप्रेस’ सेवाको उद्घाटन गरिएको छ।

वैशाख ११ गते धनगढी बसपार्कमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष पदमराज सापकोटाले सेवाको उद्घाटन गर्दै अध्यक्षता गर्नुभएको थियो। ‘स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना’ भन्ने नारासहित कार्यक्रम सम्पन्न भएको हो।

Navadurga sun

कार्यक्रमको सञ्चालन महासचिव सुरेन्द्र बोहराले गर्नुभएको थियो भने स्वागत मन्तव्य उद्धार उपाध्यक्ष रमेश उप्रेतीले व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले सोफा सिटसहितको भिआइपी एसी बस सेवा सञ्चालनले यात्रुहरूलाई सहज र आरामदायी यात्रा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनीहरूले यस्तो स्तरीय सेवा विस्तार हुनु यातायात क्षेत्रका लागि गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा देशका अन्य गन्तव्यमा पनि यस्ता आधुनिक सेवा विस्तार हुने अपेक्षा व्यक्त गरे।

वक्ताहरूका अनुसार ‘राज सिंहासन एक्सप्रेस’ मार्फत यात्रा अझै आरामदायी हुने र परम्परागत यातायात सेवा क्रमशः आधुनिक, व्यवस्थित र सुविधासम्पन्न बन्दै जाने विश्वास गरिएको छ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष सापकोटाले यातायात क्षेत्रमा हाल ७० प्रतिशत बैंक र ३० प्रतिशत व्यवसायीको लगानी रहेको उल्लेख गर्दै नाफा कम भए पनि सेवा निरन्तर सञ्चालन भइरहेको बताए। उनले इन्धनको मूल्य वृद्धि र व्यवसायीहरूबीचको प्रतिस्पर्धाका कारण चुनौती बढेको उल्लेख गर्दै सरकारले यातायात क्षेत्रलाई आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए।

उनले यात्रुहरूलाई भगवानसरह मानेर सम्मानपूर्वक सेवा दिनुपर्ने पनि बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...