धनगढीमा नेपाल वितरक महासंघको १४औँ साधारण सभा हुँदै

धनगढी- नेपाल वितरक महासंघ को १४औँ वार्षिक साधारण सभा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी मा वैशाख ११ र १२ गते आयोजना हुने भएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष दुर्गा गौतम ले सभाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मिया ले गर्नेछन्।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

आन्तरिक पर्यटन प्रवर्द्धन तथा देशभरका वितरकबीच आपसी एकता सुदृढ बनाउने उद्देश्यले सभा धनगढीमा आयोजना गर्न लागिएको अध्यक्ष गौतमले बताए। २०६६ सालमा स्थापना भएको महासंघ हाल ४५ जिल्लामा विस्तार भई दैनिक उपभोग्य वस्तु वितरण गर्ने संघहरूको छाता संगठनका रूपमा क्रियाशील छ।

उनले विगतका संकट—२०७२ सालको महाभूकम्प, कोभिड–१९ तथा जाजरकोट भूकम्प २०८०—का बेला महासंघले जोखिम मोलेर आवश्यक वस्तुको आपूर्ति निरन्तर राखेको उल्लेख गरे।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा ढुवानी लागत बढेको र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको पनि उनले बताए। साधारण सभामा देशभरका ४५ जिल्लाबाट ३०० भन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ। साथै कार्यक्रममा कोषाध्यक्ष तथा संयोजक मदनराज न्यौपाने र निवर्तमान अध्यक्ष हरी राज पन्त लगायतको उपस्थिति रहनेछ।

Loading...