बुढीतोलामा पर्यटन र संस्कृति जोगाउन महोत्सव आयोजना, महोत्सव वैशाख १७–२३ हुँदै

लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–४ बुलितोलामा “बुढीतोला पर्यटन महोत्सव २०८३” सञ्चालन हुने भएको छ । बुढीतोला क्षेत्र पर्यटन प्रवर्धन तथा बजार व्यवस्थापन समितिले वैशाख १७ गतेदेखि २३ गतेसम्म महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवबारे जानकारी दिन वैशाख ९ गते जंगल स्पा होटल मा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। आयोजकका अनुसार सुदूरपश्चिमाञ्चलको पवित्र गोदावरी धाम को उद्गमस्थल रहेको बुढीतोला क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो।

Navadurga sun
Godawari sandesh

महोत्सव सञ्चालनका लागि आयोजक समिति र न्यू रुक्मिणी टेन्ट हाउस बीच सम्झौता भइसकेको छ। सो सम्झौताअनुसार महोत्सवको व्यवस्थापन र टिकट संकलनको जिम्मा रुक्मिणी टेन्ट हाउसले लिनेछ।

Dadeldhura hospital

महोत्सवको उद्घाटन नगर प्रमुख वीरेन्द्र भट्ट ले गर्ने कार्यक्रम तय भएको छ। महोत्सवमा प्रवेश शुल्क सामान्यतया १०० रुपैयाँ तोकिएको छ भने विद्यार्थीका लागि ५० रुपैयाँ र जेष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

आयोजक समितिका संयोजक हरिदत्त भट्टराईले देशको बिग्रँदो अर्थतन्त्रलाई मध्यनजर गर्दै स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। उनले महोत्सव नाफामुखी नभई क्षेत्रको कला, संस्कृति र पर्यटनको विकासमा केन्द्रित रहेको स्पष्ट पारे।

यस क्षेत्र बाख्रा पालन व्यवसायका लागि चिनिएको भए पनि अन्य व्यवसायिक सम्भावनालाई समेत उजागर गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ। महोत्सवमा स्थानीय कलाकार, समाजसेवी तथा सर्वसाधारणको सक्रिय सहभागिता रहने जनाइएको छ।

कार्यक्रममा बोल्दै सल्लाहकार समिति सदस्य अशोक मल्लले बुढीतोला क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि राज्यबाट अपेक्षित विकास हुन नसकेको बताए। उनले महोत्सवले यस क्षेत्रलाई चिनाउने र पर्यटन पूर्वाधार विकासको पहिलो कदम सावित हुने विश्वास व्यक्त गरे।

Loading...