गोदावरी–१२ मा नवनिर्मित प्रशासकीय भवनको नगर प्रमुख भट्टद्वारा उद्घाटन

लक्ष्मी भट्ट/अत्तरिया- गोदावरी नगरपालिका वडा नम्बर १२ को नवनिर्मित प्रशासकीय भवन वैशाख ७ गते नगर प्रमुख वीरेन्द्र भट्टद्वारा उद्घाटन गरिएको छ ।

वडा अध्यक्ष भीमबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख भट्ट रहनुभएको थियो भने विशिष्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत तथा वडा नम्बर ११ का अध्यक्ष प्रेम सिंह बडेला सहभागी थिए।

Navadurga sun

कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले ढिलै भए पनि भवन निर्माण सम्पन्न हुनु खुशीको विषय भएको बताउँदै नगरपालिकासँग पर्याप्त जमिनको अभावका कारण अन्य वडामा भवन निर्माणमा कठिनाइ भएको उल्लेख गर्नुभयो। उहाँले विकासका लागि सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रमको सञ्चालन कम्प्युटर अपरेटर प्रकाश बिकले गर्नुभएको थियो भने स्वागत मन्तव्य वडा सदस्य डम्मरी साउदले प्रस्तुत गर्नुभएको थियो।

समापनका क्रममा वडा अध्यक्ष खड्काले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अब नागरिकले यही भवनबाट सेवा पाउने विश्वास व्यक्त गर्नुभयो। साथै, भवनको बाउन्ड्री निर्माणका लागि नगर प्रमुखसँग आग्रह समेत गर्नुभयो।

ADD Khali jpg
ADD Khali jpg
Loading...