कैलालीको गोदावरीमा आजदेखि विद्यालय भर्ना अभियान सुरु

अत्तरिया- गोदावरी नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३ का लागि भर्ना अभियान आज (वैशाख ७ गते) देखि सुरु भएको छ।

गत शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले वैशाख ७ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। नगरपालिकाले वैशाख १५ गतेदेखि नियमित पठनपाठन सुरु गर्न पनि अनुरोध गरेको छ।

Navadurga sun

यसअघि नेपाल सरकारले भने वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि अध्ययन–अध्यापन सुरु गर्ने निर्णय गर्दै सोहीअनुसार शैक्षिक सत्र अघि बढाउन सबै पालिकाहरूलाई निर्देशन दिएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...