गोदावरी नगरपालिकाद्वारा ५०% अनुदानमा उन्नत धान बीउका लागि आवेदन आह्वान

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले कृषकहरूलाई लक्षित गर्दै ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को संघीय सशर्ततर्फको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत उक्त योजना अघि बढाइएको हो । नगरपालिकाले बैशाख ४ गते शुक्रबार प्रकाशित धर्मराज बिनाडीद्वारा हस्ताक्षरित सूचना उल्लेख गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक कृषक, कृषक समूह तथा कृषि फार्महरूले आवश्यक बीउको जात र परिमाण उल्लेख गरी सूचना प्रकाशित भएको मितिले १५ दिन (२०८३।०१।१८ गते) भित्र आवेदन दिन सक्नेछन् । आवेदन गोदावरी नगरपालिकाको कृषि विकास शाखामा पेश गर्नुपर्नेछ।

यसका लागि कृषक समूह वा कृषि फार्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, समूहको हकमा बैठकको निर्णयको प्रतिलिपि र कार्यक्रम माग सम्बन्धी निवेदन अनिवार्य रूपमा संलग्न गर्नुपर्ने बताइएको छ ।

नगरपालिकाले कृषकहरूको उत्पादन वृद्धि र आधुनिक कृषि प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याएको जनाएको छ ।

Loading...