प्रदेश सरकारका मन्त्रीद्धारा महाकाली बाढी प्रभावित क्षेत्रको अनुगमन

कञ्चनपुर, २ कार्तिक- महाकाली नदी क्षेत्रका बाढी प्रभावित ठाउँमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीले अनुगमन गरेका छन्। मंगलबार समाजिक विकासमन्त्री लालबहादुर खडका, आन्तरिक तथा कानुनमन्त्री पूर्णा जोशी, पुर्व राज्यमन्त्री प्रकाश बहादुर रावलले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका हुन।

उनीहरुले भीमदत्त नगरपालिका वडा न‌ं. ११ भुजेला, महाकाली पुल पहुँचमार्ग क्षेत्र, भीमदत्त नगरपालिका वडा नं. ९ मा पर्ने ब्रम्हदेब क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। खल्लामछेट्टीमा फसेका नायक परिवारको उद्दार तथा वाढि प्रभावित जनताको उद्दार, राहत कार्यका लागि प्रदेश सरकारका तर्फबाट पहल गर्ने मन्त्री खड्काले बताएका छन।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...