सुप समावेशी आधारभूत विद्यालयको अवस्था र योजना बारे अन्तरक्रिया सम्पन्न

अत्तरिया- शैक्षिक सत्र २०८३ अन्तर्गत श्री सुप समावेशी आधारभूत विद्यालयको वर्तमान अवस्था तथा भावी योजनाबारे एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको समग्र शैक्षिक अवस्था, सुधारका सम्भावना तथा आगामी योजनाहरूका विषयमा गम्भीर छलफल गरिएको थियो ।

साथै, परिलक्षित संस्थाले हालसम्म विद्यालयमा गरेका विभिन्न कार्यहरूको स्थलगत अनुगमन समेत गरिएको जनाइएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा समाज कल्याण परिषद्का डा. रामेश्वर खड्का, आनन्द थापा, नवीन कार्की, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका दिवश अधिकारी, फेलमका प्रदीप तिवारी, परिलक्षितका निर्देशक सूर्य थापा, पूर्व कर्मचारी पुष्पा रोकाया लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघ अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । समन्वय तथा सहकार्यका लागि परिलक्षित संस्थालाई धन्यवाद व्यक्त गरिएको छ ।

Loading...