गोदावरी नगरपालिकालाई ३ लाखभन्दा बढीका उद्धार सामग्री सहयोग

अत्तरिया- गोदावरी नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन सेवा सुदृढीकरणका लागि मर्सिकोर नेपाल ले करिब ३ लाख ४५ हजार रुपैयाँ बराबरका राहत तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ।

‘आर्थिक विकास मार्फत जोखिम व्यवस्थापन’ कार्यक्रम अन्तर्गत नगरपालिकाको आपतकालीन परिचालन केन्द्रलाई उक्त सामग्री उपलब्ध गराइएको हो। भदौमा भएको जेन–जी आन्दोलन का क्रममा केन्द्रमा भएको भौतिक क्षति र उपकरण नोक्सानीपछि सेवा प्रवाह प्रभावित बनेको थियो। सोही अवस्थालाई सुधार गर्दै केन्द्रलाई पुनः सञ्चालनमा ल्याउन सहयोग गरिएको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

हस्तान्तरण गरिएका सामग्रीमा लाइफ ज्याकेट, स्ट्रिचर, मेगाफोन, फायर सुट, सर्प समात्ने औजार, सुरक्षा जुत्ता, फायर ब्ल्यांकेट, साइरन, कुर्सी, ल्यापटप तथा अन्य आवश्यक औजारहरू समावेश छन्। यी सामग्रीहरूको कुल मूल्य ३ लाख ४५ हजार १०८ रुपैयाँ बराबर रहेको छ।

कार्यक्रममा मर्सिकोरका सुरज सिग्देल ले नगर प्रमुख विरेन्द्र भट्ट लाई सामग्री हस्तान्तरण गरेका थिए। नगर प्रमुख भट्टले यस्ता सहयोगले विपद्का समयमा जनधनको क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

नगरपालिकाले प्राप्त सामग्रीको प्रभावकारी प्रयोग गर्दै विपद् प्रतिकार्य क्षमता अझ सुदृढ बनाउने जनाएको छ।

Loading...